काठमाडौं । नेपाली हिन्दूहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्। यस वर्ष मात्र ५ सय भन्दा धेरै गीतहरू सार्वजनिक हुने अनुमान गरिएको छ।
यसैबीच, लोकप्रिय गायिका शान्ती श्री परियार र जमुना सनमको नयाँ गीत "साडी गुलाबी" भर्खरै मात्र सार्वजनिक भएको छ। गीतको अडियो र भिडियो निकै आकर्षक बनाइएको छ। गीतलाई राजु सुनामले लय र शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन समेत उनैको रहेको छ।
गीतको म्युजिक भिडियोको निर्देशन मौषम हिमालीले गरेका छन् भने अञ्जली अधिकारी, गीता ढुङ्गाना, अभिषेक खड्का, र मौषम हिमालीको अभिनय रहेको छ।