नेपाल फाइनान्सका लगानीकर्ता मालामाल हुने,बोर्डबाट पायो यस्तो अनुमति

काठमाण्डौ । नयाँ प्रमुख आएसँगै धितोपत्र बोर्डमा रोकिएका काम धमाधम अघि बढेको छ । केहि अघि मात्र अपि पावरलाई हकप्रद शेयर निष्कासन गरेको बोर्डले मंगलबार अर्को एक कम्पनीलाइ पनि अनुमती दिएको छ । 

अनुमती पाउने कम्पनी रहेको छ नेपाल फाइनान्स कम्पनी लिमिटेड । कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ । फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । गत कार्तिक १ गते नियामक निकाय धितोपत्र बोर्डसँग फाइनान्सले हकप्रदको अनुमति मागेको थियो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०।७० कित्ता अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल फाइनान्स कम्पनीको भदौ २६ गते शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम हुने चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ पुगेको छ । ७० प्रतिशत हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ ।

फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय