यमबुद्ध र्‍याप गायकको शालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

काठमाडौं - काठमाडौं महानगरले स्वर्गीय र्‍यापर अनिल अधिकारी उर्फ यम बुद्धको शालिक निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०७९/ ८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर  १५ लाख  रुपैयाँ छुट्टाएको छ । गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात आज शुक्रबार सर्वसम्मत पास भएको हो ।

यम बुद्ध नेपाली र्‍याप क्षेत्रका अग्रज कलाकारका रुपमा चिनिन्छन् । उनले सन् २०१७ मा आत्महत्या गरेका थिए । बालेन साह यम बुद्दद्वारा संचालित र्‍याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ र्‍याप ब्याटलमार्फत नै र्‍याप क्षेत्रमा परिचित भएका हुन् ।

प्रतिक्रिया