आज होली - विहानैदेखि मापसे जाँच

काठमाडौं - महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको र बिहानैदेखि मापसे परीक्षण कडाईका साथ सुरु गर्ने जनाएको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरिएको भनेको छ ।

होलीको पूर्वसन्ध्यामा बुधबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले होली पर्वलाई सभ्य र सुरक्षित रूपमा सम्पन्न गराउन ट्राफिक व्यवस्थापन कडा बनाउन सबै ट्राफिक एकाइ तथा इन्चार्जलाई निर्देशन दिएका छन् ।‘होली पर्वमा सवारी व्यवस्थापनको विभिन्न चुनौती तथा खतरालाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि तथा उपकरणको समुचित उपयोग गर्नेगरी ट्राफिक प्रहरी परिचालन गरिनेछ,’ महाशाखाका प्रमुख एसएसपी जोशीले भने ।महाशाखाले बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय