काठमाण्डौ । नेपालमा पछिल्लो समय सवारी दुर्घटना अत्यधिक बढेको देखिएको छ । केहि दिनमै सवारी साधनबाट दर्जन बढि नेपालीहरुको ज्यान गइसकेको छ ।
यसैविच जुम्लामा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका,२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । मृत्तकको घटना स्थलमै ज्यान गएको प्रहरी जनाएको छ ।
बसमा चार जना मात्र सवार थिए । अहिले घाईतेको उद्धार र उपचार भइरहेको प्रहरीको भनाई छ ।