काठमाडौंं - अघिल्लो साताको अन्तिम कारोबारको दिन राताम्य भएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबारको दिन भने सामान्य सुधार देखिएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अकंले बढेर २१२३.८२ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर २११३.३० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको हो ।
अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार आउँदा आज शिव्म सिमेन्टको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १३ अर्ब ८९ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नबिल बैंकको १२ करोड ७३ लाख ४१ हजार रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ९ करोड ९२ लाख ९६ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख २९ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ६ करोड ६८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ ।