मेघालयमा चार नेपाली मजदुरको घाँटी रेटेर हत्या

काठमाडौँ। भारतको मेघालय राज्यमा चार नेपाली मजदुरको घाँटी रेटेर हत्या भएको छ। मेघालयको सुतंगा जयन्तिया हिल्समा कोइलाखानीमा काम गर्दै आएका मजदुरहरूको हत्या भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई पहिले बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको देखिन्छ। घटना स्थल मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको छ।

हत्यामा परेका चार नेपाली मध्ये दुई जना धरान र दुई जना भोजपुरका रहेको प्रारम्भिक जानकारी छ। उनीहरू सबै स्थानीय कोइलाखानीमा काम गर्दै आएका थिए। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय