नदीजन्य पदार्थ अबैध उत्खनन् : रत्ननगरद्धारा २२५ टिप जफत

कमल राज ढकाल/ चितवन -  रत्ननगर नगरपालिकाले कयर खोलामा आसपासमा अबैध रुपमा डम्पिङ गरिएको नदीजन्य पदार्थ नियन्त्रणमा लिएर जफत गरेको छ ।

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाको निर्देशनमा कयर खोला नजिक डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ जफल गरिएको हो । वडा नं १४ को गैरीगाउँ, चाउचाउ उद्योग नजिक र वडा नं ४ को छेउमै डम्पिङ गरिएको नदीजन्य पदार्थ नियन्त्रणमा लिएर हो 

वडा नं १४ का विभिन्न ठाँउमा डम्पिङ गरिएको १७५ र वडा नं ४ को छेउमै डम्पिङ गरिएको ५० टिप गरी २२५ टिप नदीजन्य पदार्थ डम्पिङ गरिएको हो । कयर खोलामा रातीको समयमा नदीजन्य पदार्थ उत्खनन् हुने भएकाले नियन्त्रणमा समस्या भएको बताए । हामीले प्रहरीलाई नियन्त्रणको लागि पटक पटक आग्रह गरेका हौं उनले भने कसैगरी केहीसीप लागेन । मेयर सापकोटाले नदीजन्य पदार्थ अबैध उत्खनन् गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताए । इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी नवीन बाबु रेग्मीले कयर खोलामा भइरहेको तस्करी रोक्न विगत देखि प्रहरीको सक्रिय रहेको बताए ।

 

उनले नदी आसपासमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ नियन्त्रणमा लिने बताए । डिएसपी रेग्मीले नदी दोहन रोक्न जनप्रतिनिधिको सक्रियता महत्वपूर्ण हुने बताए । हामी लागेकै छौं उनले भने तर जनप्रतिनिधि पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ । प्रत्येक बर्ष कयर खोलाबाट नदीजन्य पदार्थ विक्रीबाट करिब २ करोड राजश्व संकलन हुँदै आएको छ ।

 

२०७४ सालदेखि रत्ननगर र खैरहनी नगरपालिकाले सयुक्त रुपमा रसिद काटेर नदीजन्य पदार्थ विक्री गर्दै आएका थिए । नदीजन्य पदार्थ विक्रीबाट संकलन भएको आम्दानी ५०/५० प्रतिशतका दरले बाँडफाड गरिदै आएको थियो । बीचको एक आर्थिक बर्षमा मात्र बोलपत्र आह्वान गरी ठेक्का लगाइएको थियो । चालु आर्थिक बर्षमा दुई वटै नगरपालिका बीच कयर खोला नदीजन्य पदार्थ निकासीको लागि ठेक्का आह्वान गर्ने सहमति भएको थियो ।

 

पुस महिना लागिसक्दा पनि ठेक्का आह्वान नभएपछि नदीजन्य पदार्थ चोरेर सकिएको हो । यस बर्ष कयरमा ठेक्का आह्वान गर्ने पालो रत्ननगरको परेको थियो । रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले ठेक्का आह्वानका लागि प्रारम्भिक वाताबरणीय प्रभाब मुल्याङकनको प्रतिवेदन तयार भइसकेको र स्विकृतिको लागि जिल्ला समन्वय समिति र चुरे संरक्षण आयोजनामा पठाउने तयारी भइरहेको बताए ।

गत बर्ष कयरबाट ४८ हजार घनमिटर नदीजन्य पदार्थ निकासी गरिएकाे थियाे । चालु आर्थिक बर्षमा ३२ हजार ८८७ धनमिटर अतार्थ एक करोड ३ लाख रुपैया राजश्व संकलन हुने गरी ठेक्का आह्वान गरिएको इन्जिनियर गिरीले बताए ।

प्रतिक्रिया