काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ७८/७९ को लागि सरकारले ल्याएको बजेट सम्बन्धी विधेयक प्रमाणीकण गर्नु भएको छ । यो सँगै सरकारले खर्च गर्ने बाटो खुलेको छ ।
बजेट पारित नहुँदा सरकारलाई भाद्र ३० गतेदेखि खर्च गर्न रोकिएको थियो । दुवै सभाबाट विधेयक पास भएसँगै आजै प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पुराइएको थियो ।
बजेट पारित नहुँदा सरकार ९ दिन देखि खर्च गर्न नसक्ने अवस्थामा पुगेको थियो ।
गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए । अहिलेको सरकारले यही सिलिङ्गमा सामान्य परिवर्तन ल्याएर विधेयक ल्याएको थियो ।