लामो समयपछि खुलेको शेयर बजारमा कारोबार गर्न पाएनन् लगानीकर्ताले

काठमाण्डौ । केहि दिनको सार्वजनिक विदापछि खुलेको शेयर बजारमा सुरुमै समस्या देखिएको छ । लगानीकर्ताहरुले आफ्नो टीएमएस खोल्न सकिरहका थिएनन् भने नेप्सेका साइटहरुमा समेत डाटा देखाएको थिएन । 

आज प्रिओपन सेसनमा कुनै पनि डाटा देखाएको थिएन भने अहिले भने केहि प्रयोग कर्तामा सेवा सुचारु भएको जनाएको थियो । यो समाचार तयार पार्दा सम्म नेप्से ३६ अंकले घटेको छ भने समस्या समेत केहि हदसम्म समाधान भएको छ । 

प्रतिक्रिया