योजना अनुसार काम गर्न सकिएन- निर्वाचन आयोग


काठमाण्डौ । निर्वाचन परिणाम आउन ढिला भएसँगै निर्वाचन आयोगको चर्को आलोचना भइरहेको छ । यसैबीच आयोगले भने योजना अनुसार काम गर्न नसकेको बताएको छ । 

नि आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो ।  सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्य भएको भन्दै मतगणनामा ढिलाइ भएको आयोगको भनाइ छ ।

आयोगले छिटो गणना सम्पन्न गर्ने कार्यमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आवश्यक सहयोग र सहजीकरण गरी मतगणना कार्यलाई अझ व्यवस्थित रुपले अगाडि बढाई तोकिएको समयभित्रै सम्पन्न गर्न गराउन सबै सरोकारवालासँग सबैसँग आग्रह गरेको छ । 

प्रतिक्रिया