विदेशबाट नेपाल आउनेहरूको लागि विमानस्थलमा कडाइ,यस्तो छ नयाँ व्यवस्था

काठमाडौं - सरकारले केहीदिन अघिबाट विमानस्थलमा चेक जाँचमा कडाइ गरेको छ । त्यो विशेष सुनको लागि हो । 

 बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो । यसले त्यहाँबाट ठूलो मात्रामा अवैध सुन भित्रिरहेको देखाएको छ । 

एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ । बुधबारमात्रै विदेशबाट आएका ३ सय २६ जना यात्रुहरुले ल्याएको १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको हो ।

हिजो मात्र विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको विभागको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय