हायात होटलले पनि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने 

काठमाण्डो । प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै विभिन्न कम्पनीहरूले धमाधम आईपीओ निष्कासन गरिरहेका छन । बैशाख लागेसँगै कम्पनीहरूको प्राथमिक शेयर निष्कासन तिव्र बनिरहेको छ । 

यसै बीच होटल हायात प्यालेसले १६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । गोल्यान समूहको उक्त होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो ।


हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । होटलले उक्त सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुग्ने जनाइएको छ । हायात प्यालेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो। काठमाडौं, सोल्टिमोडमा रहेको यो पाँचतारे होटल कुल चार अर्ब ३९ करोड ६० लाख रुपैयाँ लागत तयार भएको हो भने १ सय ५३ वटा कोठा छन्।

प्रतिक्रिया