काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकमा फलो गर्नेको सङ्ख्यामा प्राविधिक समस्या आएको छ ।
आज बिहान देखि विभिन्न ब्यक्तिहरूको फलो घटेर ९ हजार आसपास आएको छ । यसरी संख्या घट्नेमा फेसबुकका संस्थापक मार्क जुकरबर्गको समेत रहेका छन । उनको समेत घटेर ९ हजारमा आएको छ ।
यस विषयमा फेसबुकले केही आधिकारिक धारण राखेको छैन । नेपालका चर्चित व्यक्ति तथा कलाकारहरूको समेत प्रशंसक घटेका छन ।