शेयर बजार - लगातारको बृद्धिमा बुधबार ब्रेक,कारोबार रकम भने ८ अर्व माथि

काठमाडौ । लगातार बढेको शेयर बजारमा बुधबार भने करेक्सन आएको छ । नाफा बुकको दवावमा पर्दा नेप्से घटेको हो । नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । 

दिनैभरि तिव्र उतारचढाव रहेको बजारमा बन्द हुने बेलामा करेक्सन आएको हो । आज नेप्से परिसूचक ३० अंकले घटेर समग्र बजार २८०३ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने ८ अर्व माथि पुगेको छ । 

आज दिनैभरिमा २२९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीरुको शेयर मूल्य भने घटेको छ । निफ्रा लगायत ४ कम्पनीहरको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा नेपाल बंगलादेश बैंकको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । 

आज लगानी र उत्पादन उपसूचक बाहेक अन्य सबै उपसूचक घटेको छन । 

प्रतिक्रिया