वर्षाका कारण हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ - लगातारको वर्षाका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी–फर्पिङ सडकखण्डमा भारी वर्षासँगै लेदो खसेर बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।त्यस्तै, कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।

प्रतिक्रिया