नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो कुनै हालतमा हुँदैन - अर्थमन्त्री शर्मा

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएका छन्। नेपाल रसाष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा उनले यस्तो बताएका हुन।

"नेपाल श्रीलंका जस्तो हुन सक्दैन,श्रीलंकासँग नेपाललाई तुलना गर्न छोडौ" उनले भने "कतिपयलाई रहर छ श्रीलंका बनाउने तीनको सपना कहिल्यै पुरा हुँदैन। सुधार गर्न खोज्नेलाई भने सलाम छ।"

हाम्रो उत्पादन,बैदेशिक ऋण,विदेशी लगानी,सहायताका कुराहररुले श्रीलंकासँग तुलना गर्न नमिल्ने उनले बताए। अहिले हामीसँग साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी सञ्चिती छ रहेको र अब यसलाई अब घट्न दिनु नहुने बताए।

उनले १२ दिनअघि देखि खोलिएमा एलसीको विवरण समेत माग गरेका छन्।

उनले केन्द्रिय बैंकबाट सल्लाहकारको हिसावले सल्लाह लिँदा हस्तक्षेप भएको भन्न नमिल्ने समेत बताए।

यस्तै उनले केन्द्रिय बैंकको अनुशासनमाथि पनि प्रश्न उठाएका छन्। केन्द्रिय बैंकले कतिपय गोप्य सूचनाहरु उच्च अधिकारीहरुले नै मिडियामा दिने गरेको आरोप पनि उनले लगाएका हुन्।

"मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन? यस्तै अनुशासन हुन्छ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन।" उनले भने।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय