नेपाली जनताको ढाड सेक्ने निगमको चाबी थानीलाइ

काठमाडौं - छनौट समितिले नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेकोमा बिहीबार बसेको मन्त्रिपरिद् बैठकले कार्यकारी निर्देशकमा उमेश प्रसाद थानीलाई नियुक्त गरेको छ । 

गत पुस २२ गते निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल ३ वर्षे कार्यकाल सकिएपछि बिदा भएका थिए। त्यसलगत्तै निगमले कार्यकारी निर्देशकको पदपूर्तिका लागि सूचना जारी गरी गरेको थियो।

कार्यकारी निर्देशकका लागि १८ जनाको आवेदन परेको थियो जसमध्ये हाल तीनजना  उम्मेदवार छानिएका हुन्।

इन्जिनियर उमेशप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रसाद सिटौलाको नाम उद्योग वाणिज्य  तथा आपूर्ति मन्त्रालयले गठन गरेको छनौट समितिले सिफारिस गरेको थियो । 

थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्। 

उनी नेपाल विद्युत प्राधिकरणका संचालक समेत भइसकेका छन्। कांग्रेसको अधिवेशन भएका समयमा थानी शेरबहादुर देउवालाई जिताउन खुलेर लागेका थिए। सिटौला उद्योग विभागका पूर्व महानिर्देशक हुन्। 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय