नेपालमा कोरोना संक्रमित भन्दा निको हुने संख्या धेरै,यस्तो छ पछिल्लो अपडेट

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४७२ र एन्टिनेज परीक्षणबाट १८२० जनामा कोरोना पुष्टि भएको छ । 

२४ घण्टामा १६ हजार ८८ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १० हजार ३६८ पीसीआर र ५७२० हजार ७८ एन्टिजेन परीक्षण भएको छ । यसमा एसएमएस तथा इमेलबाट आएका एन्टिनेज परीक्षणका रिपोर्ट पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ८१९१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय