काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । यो हप्ता पुरै कारोबार दिन ओरालो लागेको शेयर बजार २२३८ विन्दुमा आएको छ ।
आज कारोबार भएका मध्य आधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागे पनि १ कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । नेप्सेमा पहिरो जाँदा कारोबार रकम भने आज केही सुधारिएको छ । २३२ कम्पनीहरूको एक अर्ब ६५ करोड माथिको शेयर किनबेच भएको छ ।
आज नेप्सेका सबै उपसूचकमा रातो पोतिँदा बीमा समूह सबै भन्दा धेरै दबाबमा परेको छ । आज सूर्य लाइफ इन्स्युरेन्स कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ ।