काठमाण्डौ - कोरोना महनारी उच्च बनेपछि सरकारले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गर्ने देखिएको छ ।
सरकारले आज परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय तथा कोभिड संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी दिएका हुन् ।
‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, उनले ट्वीटरमार्फत भनेका छन् ।