काठमाडौं - यतिबेला नेपाली अर्थतन्त्र निकै जोखिममा रहेको छ । व्यापार घाटा बढेको छ भने तरलता संकटमा युक्त रहेको छ ।
यता समग्र अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा भने सुधारको लागि खासै केही काम गर्न सकेका छैन । यसै बीच शर्मा चौतर्फि आलोचना हुने गरेको छ । साथै उनको राजीनामाको समेत माग उठ्न थालेको छ ।
यसै बीच नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । काँग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।
उनले बैठकमा भने, ‘व्यापार घाटा बढेको छ । अर्थतन्त्र ओरालो लागेको छ । तर सुधारको प्रयास भएको छैन ।’अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर अर्थतन्त्र ट्याकमा ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेको रसाइलीले बताए । ‘अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग माग गरेको छु,’ उनले भने ।