काठमाडौंं - बरुण हाइड्रो पावरले अवितरिक हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज अर्थित कात्तिक १४ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २३ लाख २४ हजार १५ कित्ताका लागि मात्र आवेदन परेको थियो । तोकिएको अवधि भित्र नबिकेको शेयर कम्पनीले बिक्री गर्ने लागेको हो ।
यसमा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन सकिनेछ ।