शेयर बजारमा रौनक फर्कियो,अर्धसतक सहित नेप्से बढ्दा कारोबार रकममा पनि सुधार  

काठमाण्डौबधुबार नेप्से परिसूचक अर्धशतक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । 

आज नेप्से परिसूचक ५६ अङ्कले बढेर समग्र बजार २३६९ विन्दुमा पुगेको छ । यो साताको कारोबार दिन ४ दिन नै नेप्सेमा दोहोरो अङ्कले बढेको छ । साथै आज कारोबार रकम पनि बढेर २ अर्ब माथि पुगेको छ । 

आज कारोबार भएका मध्य आधा दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । २२९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा अरुण भ्यालीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । 

नेप्सेका उपसूचकहरुमा आज सबैमा हरियाली छाएको छ भने बीमा समूहका उपसूचक सबै भन्दा बढेको छ । यो साता नेप्से कारोबार भएको सबै दिन नेप्से बढेको छ । 

 

प्रतिक्रिया