आईपीओ निष्कासनको सूचीमा अर्को कम्पनी पनि थपियो 

काठमाण्डौ । धितोपत्र बोर्डमा आईपीओ निष्कासन अनुमति माग्ने कम्पनी थुप्रिन थालेका छन । ७ अर्ब हाराहारीको २ दर्जन भन्दा धेरै कम्पनीको आईपीओ निष्कासनको प्रक्रियामा रहेका छन् । 

यसै बिच धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर  निष्कासन गर्ने भएको छ । संस्थाले ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


उक्त कार्यको लागि संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले आज सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थाको हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भएपश्चात् १० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको इजाजतपत्र प्राप्त गरी ०७५ साल फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको छ ।

प्रतिक्रिया