बुद्धभूमिको शेयरमा आवेदनको ओइरो,कतिले दिए आवेदन ?

काठमाण्डौ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) तीन दिनमा करिब १६ लाख भन्दा धेरैले आवेदन दिएका छन् । 

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार तेस्रो दिन बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ७७ हजार ८ आवेदनबाट २ करोड १ लाख २५ हजार ३७० कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग भएको तुलनामा २७.०५ गुणाले ओभरसब्सक्राइब्ड हो । 

कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो । 

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो।

जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

प्रतिक्रिया