विकास बजेट ९० प्रतिशत सम्म पुर्याउन अर्थमन्त्रीको निर्देशन,शेयर बजारलाइ के फाइदा ?

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले चालू आर्थिक वर्ष २०७८/७९ को पूँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन्‌ । पूँजीगत बजेट धेरै विनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मध्यावधि समीक्षामार्फत ९० प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकाले सोहीअनुसार बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन्‌ । 

बढी पूँजीगत बजेट भएका मन्त्रालयले कम खर्च गरेको र आवको अन्त्यसम्म पनि पूँजीगत खर्च उल्लेख्य मात्रामा गर्न नसक्ने जानकारी दिएका थिए । मन्त्री शर्माले बढी पूँजीगत खर्च भएका मन्त्रालयको प्रगति सन्तोषजनक नहुनु चिन्ताको विषय भएको बताए । ‘कम पूँजीगत खर्च विनियोजन भएका मन्त्रालयले धेरै प्रतिशत प्रगति देखियो तर पूँजीगत खर्च धेरै गर्ने दायित्व बोकेका मन्त्रालयले खर्च नै गर्न सकेनन् । यो चिन्ताको विषय हो’ उनले भने ।

बजेटमा सरकारी लगानीका आयोजना, वैदेशिक स्रोतका आयोजना र साना आयोजना गरी मन्त्रालयले कार्यक्रम बनाई कार्यान्वयन गर्दै आएको तर साना आयोजनालाई वेवास्ता गर्दा जनताले विकासको अनुभुति लिन नपाएको उनको भनाइ छ । ‘साना टुक्रे आयोजना जनताका लागि महत्वपूर्ण हुनसक्छन् । यस्ता आयोजनालाई बेवास्ता गर्नुभएन,’ उनले भने, ‘यस्ता साना आयोजना सम्पन्न नहुँदा कहिलेकाँही हामीकहाँ समेत राजनीतिक दबाब आउने गर्छ ।’ वैदेशिक स्रोतका आयोजना पनि डकुमेन्ट मिलाउन नसक्ने, प्रविधिबारे जानकार नहुने र नीतिगत समस्याका कारण ढिला भइरहेको भन्दै अर्थमन्त्री शर्माले चिन्ता व्यक्त गरे ।

कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रमको समयसिमा बारे अझै बुझ्न नसक्दा कार्यान्वयनमा जटिलता थपिएको बताए । ‘कतिपय मन्त्रालयले बजेटमा परेको कार्यक्रम अझै बुझेका छैनन् । कार्यक्रम सकिन कति समय लाग्छ भन्ने यकिन नै भएको छैन । २ वर्ष लाग्ने कार्यक्रमलाई एक वर्षे योजनामा राखिएको छ,’ उनले भने, ‘अनुसन्धान र तयारी नगरी बजेटमा कार्यक्रम राख्दा यस्तो समस्या देखिएको हो ।’ अर्थमन्त्री शर्माले बजेट कार्यक्रममा अधिकांश मन्त्रालयल अलमलिन थालेको र स्थानीय तह वा प्रदेशले गर्ने कामसमेत संघीय बजेटमा समावेश गर्ने गरेको बताए ।‘प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने भनेर कार्यक्रम बनाइएको हुन्छ, तर बजेट चाँही संघीय मन्त्रालयमा हुन्छ । 

शेयर बजारलाई सञ्जीवनी बुटी

तरलता अभाव झेलिरहेका अर्थतन्त्रले विकास बजेट खर्चको स्पीड बढ्यो भने केही सहज हुने सम्भावना छ । तरलता सहज भए शेयर बजार पनि माथि जान मद्दत गर्ने धेरैको बुझाइ छ । पछिल्लो समय शेयर बजार निरन्तर ओराली लागिरहेको छ । जसको एउटा कारण तरलता अभाव पनि रहेको धेरैको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय