एकै दिन कोरोना संक्रमणको संख्या हृवात्तै बढ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमण निकै बढेको छ । सोमबार १४ सय हाराहारीमा संक्रमण आज एकै दिन एक हजार भन्दा धेरैले बढेको छ । 

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय