ठमाडौं – चाडपर्व नजिकिँदै गर्दा इन्धनको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्यमा रु १, डिजेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य उडानमा प्रतिहजार लिटरमा रु ४५ कमी गरिएको जानकारी दिएको छ। मट्टीतेलको मूल्य पनि रु २ ले घटाइएको छ।
यसैबीच, भारतबाट एलपी ग्यासको मूल्य नेपाली रु ४१ ले बढेर आएको भए पनि, चाडपर्वलाई ध्यानमा राखी मूल्य यथावत राखिएको निगमले जनाएको छ।
इन्धनको मूल्य घटेसँगै चाडपर्वको अवसरमा उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ। साथै, आयल निगमले पर्वको समयमा इन्धन आपूर्तिमा कुनै समस्या नआउने बताएको छ।