काठमाडौँ बन्यो विश्वकै प्रदूषित सहर

काठमाडाैं - प्रदूषित सहरको सूचीमा काठमाडौँ अग्र स्थानमा आएको छ। मेयर बालेन शाहले आन्तरिक सरसफाईको कुरालाई सुधार गर्दै लगे पनि अन्य कारणले गर्दा सहर दुषित बनेको हो। 

काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो । विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ ।

काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ । त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ ।

प्रतिक्रिया