काठमाण्डौ - के तपाई कतार जाँदै हुनुहुन्छ ? यदि त्यसो हो भने त्यहाको सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै नयाँ नियम लागु गरेको छ ।
यस अघिको निमय परिर्वतन गर्दै त्यहाँको सरकारले कोरोना विरुद्धको खोप लगाएको १४ दिन पछि कतार प्रवेश गर्दा क्वारेन्टिन बस्न नपर्ने भएको छ । त्यहाँको सरकारले नयाँ नियम लागु गरेको नेपाली दुताबासले जनाएको छ ।
र, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने हुनुपर्छ । दूतावासका अनुसार कतारले फाइजर, वायोटेक, मोर्डेना, अष्ट्राजेनिका र जान्सेन जोन्सन एण्ड जोन्सन०को खोपलाई मात्र कतारमा मान्यता दिइएको छ ।
कतारमा कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन ।
खोपको मात्रा पुरा नगरेका, खोपको मात्रा लगाएको १४ दिन पुरा नभएको वा खोप नलगाएका यात्रुले भने अनिवार्य डिस्कोभर कतार वेवसाइटमा बुकिङ गरि १० दिन होटेल क्वोन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नु पर्ने नेपाली दूतावासले जनाएको छ ।