कोरोना अपडेट - संक्रमित दर केही घट्यो, उपत्यकामा अवस्था जटिल बन्दै

काठमाण्डौ - पछिल्लो २४ घण्टामा ३२ सय ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज परीक्षण संख्या र संक्रमण दर दुबै घटेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ८०६ पीसीआर र ४६ सय ५६ जनाको एन्टीजेन गरि १५ हजार ४६२ जनाको कोरोना परीक्षण भएकोमा २१ प्रतिशतलाई पोजेटिभ देखिएको छ । 

यस्तै सोही अवधिमा २२ सय ९४ जना संक्रमणमुक्त हुनुका साथै ३२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३८ हजार १८० रहेका छन् । जसमध्ये ७३७ जना आइसियु र १८३ जना भेन्टिलेटरमा उपचाररत छन् । 

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ११ सय ३३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनालाई संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा पीसीआरबाट ७ लाख २५ हजार ७६९ र एन्टीजेनबाट ७२ हजार ८८२ गरि ७ लाख ९८ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया