कोरोना संक्रमणको संख्या ३ हजार नाघ्यो,के लक डाउन होला ?

काठमाडौं - नेपाल कोरोना संक्रमणको संख्या निकै बढ्दै गएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।

यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका मन्त्रालयले  जनाएको छ ।

प्रतिक्रिया