रसुवागढी हाइड्रोपावर आइपीओमा निकै न्युन आवेदन,भर्ने जति सबैलाइ शेयर पक्का पर्ने

काठमाडौं । रसुवागढी हाइड्रोपावर आइपीओमा ६७ करोड ४० लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ । 

बुधबार बिहान १० बजेसम्ममा ३६ हजार ५२२ जना आवेदकले ६७ लाख ४० हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो । यसमा साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् । गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ३ बृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन ।


स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । तुलनात्मक रुपमा कम्पनीको शेयरमा कम आवेदन परिरहेको छ भने आवेदन दिन सबैले शेयर पाउने पक्का छ । 

प्रतिक्रिया