राति १५ दिन पृथ्वी राजमार्ग बन्द हुने : वैकल्पिक मार्ग गल्छी–बिदुर–छहरे–टोखा

काठमाडौं: पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ। नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ।

सडक राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ। गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको हो।

आयोजनाले 'गर्डर लन्चिङ' को काम गर्न लागिएको बताएको छ। यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन्।

आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ। ओभर टेक नगर्न समेत आह्वान गरेको छ। यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय