भोलिदेखि नयाँ आइपीओ खुल्ने

काठमाडौं । श्वेत– गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले बुधबार (साउन ४ गते) देखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्उक्त आईपीओमा आवेदन दिने समय साउन ८ गतेसम्म रहेको छ भने सो अवधि भित्र माग बमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म थप हुनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय