काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार, चैत २० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार (चैत २० गते) आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियोकम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा २१ लाख ५७ हजार ६३१ जना आवेदकले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलप्रथा विधिबाट बाँडफाँट गरिनेछ । गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ८७ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । आवेदन दिएका झण्डै १९ लाख आवेदकको हात रित्तो हुने देखिन्छ । ।