गभर्नर अधिकारीको भाग्यको फैसला आज

काठमाडौं - सरकारलाई असहयोग गरेपछि निलम्बनमा परेका राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीको पद जोगिने वा जाने भन्ने कुराको फैसला आज हुँदै छ । 

बिहीबार सो मुद्धा ऊपर सुनुवाई हुने भनिए पनि हेर्दा हेर्दैमा राखिएको छ । अब यसमा शुक्रबार सुनुवाई हुनेछ । शुक्रबार दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे आदेश गर्नेछ । अन्तरिम आदेशलाई निरन्तरता दिएमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म गभर्नर अधिकारीले नियमित रुपमा काम गर्न पाउनेछन् । 

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएपछि उनी सर्वोच्च अदालत गएका थिए । सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै छानबिन समिति गठन गरी उनलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया