विराटनगर विमानस्थल बाढीका कारण बन्द

विराटनगर । बस्तीबाट ओभरफ्लो भएको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल आज बुधबार बन्द गरिएको छ ।

विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार विमानस्थलको १ नं गेटबाट बाढी पसेर विमानस्थल जाने बाटो अवरुद्ध भएको छ । हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ ।

विमानस्थलको धावनमार्गमा भने अहिलेसम्म बाढी नपसेको भएपनि, बाढी पस्ने जोखिम भएकाले विमानस्थल बन्द गरिएको छ ।

दैनिक औसतमा १८ वटा फ्लाइट हुने गरेको विराटनगर विमानस्थलमा आज कुनैपनि फ्लाइट नभएको भण्डारीले बताए। विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय