विराटनगर विमानस्थल बाढीका कारण बन्द

विराटनगर । बस्तीबाट ओभरफ्लो भएको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल आज बुधबार बन्द गरिएको छ ।

विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार विमानस्थलको १ नं गेटबाट बाढी पसेर विमानस्थल जाने बाटो अवरुद्ध भएको छ । हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ ।

विमानस्थलको धावनमार्गमा भने अहिलेसम्म बाढी नपसेको भएपनि, बाढी पस्ने जोखिम भएकाले विमानस्थल बन्द गरिएको छ ।

दैनिक औसतमा १८ वटा फ्लाइट हुने गरेको विराटनगर विमानस्थलमा आज कुनैपनि फ्लाइट नभएको भण्डारीले बताए। विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने उनले जानकारी दिए।

प्रतिक्रिया