काठमाडौं - दुवै मृर्गौलामा खराबी आएर भारतमा उपचार गराई राखेका बाग्लुङ नगरपालिका ११ रायडाँडाका ५३ वर्षीय डोलेन्द्र बहादुर सार्कीको उपचारमा आर्थिक अभाव भएको पारिवारिक स्रोतले जनाएको छ ।
गरीब परिवारमा उनी ज्याला मजदुरी गरेर जीवन चलाउँदै आइरहेका थिए । दुबै मिर्गौलामा खराब भएपछी अहिले भारतमा उपचार गराउँदै आइरहेका छन् ।
कमजोर आर्थिक अवस्था रहेको उनको परिवारले अहिले उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरेको छ । साथै कसैले किड्नी डोनेट गर्न चाहनु हुन्छ भने उनको परिवारले सहयोग को लागि अपील गरेका छन् ।
उहालाई सहयोग गर्न दिएको विवरणमा सम्पर्क गर्न सक्नु हुने छ ।
सोधपुछ को लागि नम्बर :
+918158902609