काठमाडौँ: मनसुनी वर्षापछि आएको विपद्का कारण आज साँझ ५:३० बजेसम्म ६६ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र डुवानमा परी ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता भएका छन्।
सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।
अन्य स्थानमा पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना गरी ७९ जना बेपत्ता भएकाछन्।