प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो १२ घाइते

काठमाडौं - बुधबार बिहानै दुःखद खबर सार्वजनिक भएको छ । प्यूठानमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएको छन् । 

प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको हो । 

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया