काठमाडौं । आइएमई जनरल इन्सुरेन्सको हकप्रद शेयर निष्कासन बन्द हुने दिए आज रहेको छ । आज बैंक कारोबार अबधि भित्रमा शेयरमा आवेदन दिनु पर्ने छ ।
कम्पनीले ४० प्रतिशत हकप्रद शेयरको लागि आवेदन खुल्ला गरेको थियो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २२ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री खुला गरेको हो ।
यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयर भर्न सक्नेछन् । आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।