शुभ बिहानी । आज सोमबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –
हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धि बिबेकले राम्रो काम गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । 

प्रतिक्रिया