अभिनयमा निखारिदै शिशिर,किनारमा अहिले सम्मकै उत्कृष्ट अभिनय ( भिडियो सहित)

काठमाडौं - अभिनय मार्फत आफ्नो छवि उच्च बनाउँदै गइरहेका मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । 

 दर्शक भावुक बनाउने किनारा बोलको सो गीतमा शिशिरले मुटु छुने अभिनय गरेका छन् । 

अन्जु पन्त र कुशल बेल्बासेले आवाज रहेको सो गीतमा नीरोज भट्टको शब्द साथै कुशल आफैले लय सिर्जना गरेका छन् । 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा अभिनयमा शिशिरलाइ स्मारिका ढकालले साथ दिएकी छन् । 

प्रकाश भट्टले निर्देशन गरेको सो गीतलाई विश्वास नेपाली संगीत संयोजन साथै कुमार रानाको मिक्सिक रहेको छ । 

 

प्रतिक्रिया