चार दिनपछि  खुलेको शेयर बजारमा अर्धशतकको पहिरो,कारोबार रकम पनि निराशाजक

काठमाण्डौ । चार दिनको सार्वजनिक बिदापछि खुलेको शेयर बजारमा अर्धशतकको पहिरो गएको छ । नेप्सेसँगै कारोबार रकम पनि निराशाजनक रहेको छ । 

आज नेप्से परिसूचक करिव ४९ अङ्कले घटेर समग्र बजार २३०७ विन्दुमा आएको छ । आज १ अर्ब ४२ करोड माथिको शेयर किनबेच भएको छ । निरन्तर ओरालो लागेको शेयर बजार घट्नुमा नेपालको अर्थतन्त्रको पछिल्लो अवस्था नै प्रमुख कारक रहेको धेरैको बुझाई छ । 

नेप्से ठुलो अङ्कले घटे पनि एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । कारोबार भएका मध्य केवल ७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै आज अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । बीमा समूहको उपसूचक सबै भन्दा धेरै घट्दा धेरै कारोबार हुनेमा जलविद्युत कम्पनीहरू अग्रस्थानमा रहेका छन । 

नेप्सेका सबै उपसूचकमा रातै हुँदा नेपाल फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय