बुधबार पनि बजार घट्यो

काठमाडौँ । यो हप्ता शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम बुधबार पनि रोकिएन । सोमबार र मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार भने केहि सम्हालिन खोजेको थियो तर कारोबार रकम भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज  सेयर कारोबार मापक नेप्से परिसूचक ७।२१ अंकले घटेर २१३०।७१ विन्दुमा झरेको छ । नेप्से ०।३४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १।१७ अंकले घटेर ४१४।४७ विन्दुमा झरेको छ ।

कूल २२७ वटा कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड ८४ लाख ८४ हजार एक सय ८२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । 

बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १३ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय २८ रूपैयाँ पुगेको छ । यस दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९ सय २४ रूपैयाँ ३० पैसामा झरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय