चाडपर्वको बेला ८८ नेपालीको ज्यान गयो

काठमाण्डौ । चार्डपर्वको बेला धेरैको घरमा खुसी छाउन पर्ने हो तर यो पटक भने धेरै नेपालीको घरमा दशै पिडा समान बनेको छ । 

वेमौसमी बाढी पहिरोले नेपालमा आज सम्म ८८ जनाको ज्यान गएको छ । भने ३० जना भन्दा धेरै बेपत्ता भएका छन ।  

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३र१३ जनाको मृत्यु भएको छ ।


यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आज भने मौसममा सुधार आएको छ ।

प्रतिक्रिया