लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, उद्धार कार्य जारी

सांकेतिक तस्विर

काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका(३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका  अनुसार पहिरोले बगाएका घरमा बस्ने चार जनाको अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।

घटनास्थलमा उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ । तर, त्यस क्षेत्रमा अहिले पनि पानी परिरहेको र सञ्चार असुविधाका कारण थप विवरण आउन बाँकी रहेको डीएसपी घलेले बताएका छन् ।

प्रतिक्रिया