कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु

 कमल राज ढकाल/ चितवन - कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ । हप्तामा दुई दिन (आइतबार र विहीबार) अस्पतालले भिडियो एक्सरे सेवा सन्चालनमा ल्याएको हो । यो सेवा आइतबार सुरु भए सङै पहिलो दिन सात जनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।

चौबीसै घण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्य सेवालाई समेत प्रभावकारी हुने गरि सेवा सन्चालनमा गर्दै आएको छ । यस अस्पतालमा ५ जना चिकित्सक र दुईजना स्टाफनर्स कार्यरत्त छन् ।

अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको नगर प्रमुृख रेग्मीले जानकारी दिनुभयो । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला संचालनमा ल्याएको थियो । ‘सामान्य विरामीहरु स्वास्थ्य उपचारकालागि भरतपुर जानु पर्ने बाध्याता नरहेको नगरप्रमुख रेग्मीले बताउनु भयो

प्रतिक्रिया